आठौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुष टिपटप हेल्प नेपाल स्पोर्टिङ क्लबले लगातार चौथो जित हासिल गरेको छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा मंगलबार सम्पन्न दिनको चौथो तथा पुरुषतर्फको अन्तिम खेलमा एपिएफ हेल्प नेपालसँग ३-० को सेटमा पराजित भएको हो।
पहिलो सेट २५-२१ ले जितेको हेल्प नेपालले दोस्रो सेट २६-२४ तथातेस्रो सेट २५-२२ ले जित्यो।
यो सँग जारी प्रतियोगितामा हेल्प नेपालले ४ खेलमा ४ वटा नै खेलमा जित हासिल गरेको छ भने एपिएफले सबै ४ खेलमा पराजय ब्यहोरेको छ।
