आइपिएल २०२४ को एलिमिनेटरमा राजस्थान रोयल्स (आरआर) ले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लाई ४ विकेटले पराजित गर्दै क्वालिफायर-२ मा प्रवेश गरेको छ । राजस्थानले अब क्वालिफायर-२ मा सनराइजर्स हैदरावादसँग मे २४ मा खेल्नेछ, खेल चेन्नईमा हुनेछ ।

यसअघि अहमदाबादमा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । राजस्थानले १९ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो

राजस्थानका लागि यशस्वी जैसवालले सर्वाधिक ४५ रन बनाए । रायन पराग ३६ रन बनाएर आउट भए भने सिमरोन हेटमायर २६ रन बनाएर आउट भए । आरसीबीका मोहम्मद सिराजले २ विकेट लिदा क्यामरन ग्रीन, कर्ण शर्मा र लोकी फर्गुसनले एक एक विकेट लिए ।

आरसीबीका तर्फबाट रजत पाटीदारले ३४ र विराट कोहलीले ३३ रन बनाए । राजस्थानका आवेश खानले ३ विकेट लिए । रविचन्द्रन आश्विनले २ विकेट लिए । ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले एक-एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *